विवाहपूर्व वडाबाट अनुमति लिनुपर्ने
दैलेख: दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । बालविवाह रोकथामका लागि भन्दै वडाले अनुमति लिनुपर्ने नियम बनाएको हो । वडासमितिको बैठकबाट यस्तो निर्णय गरिएको वडाअध्यक्ष दिपेन्द्र ओलीले जानकारी दिए ।
‘वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्नुहुन सूचित गरिन्छ’ वडाले जारी गरेको सूचनामा उल्लेख छ । वडामा कानुन विपरित हुने वालविवाह निषेध गरिएको र आगामी दिनमा बालविवाह हुन नदिन यस्तो निर्णय गरिएको जनाइएको छ । यसका साथै विवाह दर्ता गर्नका लागि पनि विवाहपूर्व वडाले दिएको अनुमतिपत्र लिएर जानुपर्ने निर्णय गरिएको छ ।
प्रकाशित मितिः २४ फाल्गुन २०७९, बुधबार १६:५५
साझा बिसौनी ।