प्रजातन्त्र (कविता)
ए ! प्रजातन्त्र मित्र ।
तिम्रो आगमनमा !
आज भोलि !
केही खुशी हुँदैनन् ।
दुःखी पनि हुँदैनन् ।
तिम्रो सम्झनामा !
यो देशले धुपसम्म !
जलाउन बिर्सियो ।
तिमी यति गुपचुप भइसकेछौं !
तिम्रो त्यो बत्तीस दाँतको हाँसो !
जुँगादेखि बसेका ठिटाको गफमा र !
जोगीको गाँजाको धुवाँमा उडिरहेछ !
तिमी हिँमचुली भएर आउँछौं !
बादल भएर फर्कन्छौं !
ए ! प्रजातन्त्र मित्र !
के तिम्रो हैसियत यही हो !
– देवप्रकाश सिंह
जोजरकोट
(एमएड प्रथम वर्ष सुर्खेत क्याम्पस, शिक्षा)
साझा बिसौनी संवाददाता ।