उच्च अदालत सुर्खेेतमा पाँच जना न्यायाधीश नियुक्ति

न्याय परिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ।

बिहीबार राति नियुक्त गरेका न्यायाधीशलाई संविधानको धारा १४० (१) अनुसार नियुक्ति तथा पदस्थापन गरेको नयाँ परिषद्को निर्णयमा उल्लेख छ।

परिषदले उच्च अदालत सुर्खेतमा पाँच जना न्यायाधीश नियुक्त गरेको छ । जसमा बेपत्ता पारिएको व्यक्तिको खोजविन आयोगका सचिव महेश शर्मा पौडेललाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरेको छ। त्यसैगरी जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञराज भट्ट,  रौतहट जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापा, कानुन व्यवसायीहरु जनक पाण्डे र टंकप्रसाद गुरुङलाइ उच्च अदालत सुर्खेतमा नियुक्त तथा पदस्थापन गरिएको हो ।

प्रकाशित मितिः   २९ पुष २०७३, शुक्रबार १०:५२