संविधान कार्यान्वयनका लागि धर्ना

न्यायिक संशोधनसहित संविधानको यथाशिघ्र कार्यान्वयनको माग गर्दै सुर्खेतमा धर्ना सुरु भएको छ । सहकार्य शान्तिको अभियान अन्तर्गत बिहीबारदेखि एक घण्टे धर्ना कार्यक्रम सुरु भएको हो ।

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का कार्य समिति तथा कर्मचारीहरुले एक घण्टा काम राकेर धर्ना दिएका छन् ।
शान्तिका लागि धर्ना सुरु गरिएको अभियान्ता मधुरानी ढकालले बताइन् । धर्ना हरेक विहिबार  जिल्ला प्रशासन कार्यालय तथा विभिन्न चोकहरुमा हुने बताउँदै अभियान्ता ढकालले शान्तिप्रेमी नेपालीहरु जो कोही पनि धर्नामा सहभागी हुन सक्ने बताइन् ।

उनका अनुसार हेरक विहिबार ३ बजेदेखि एक घण्टा धर्ना गरिनेछ । स्थानीय निर्वाचनको मिति नतोकेसम्म धर्ना जारी रहने उनको भनाई थियो । संविधानमा महिला सम्बन्धीका कानुनुहरुलाई तत्काल निर्माण गरी कार्यान्वयनमा लिनुपर्ने, निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने, आमाको नामबाट नागरिकता सुनिश्चित गर्नु पर्ने जस्ता कुराहरु संशोधन गरेर तत्काल संविधान कार्यान्वयन गर्नुपर्नेमा धर्नामा सहभागीहरुले जोड दिएका छन् ।

प्रकाशित मितिः   २८ पुष २०७३, बिहीबार १८:२१