एनसीईको प्रदेश समन्वय समितिमा नयाँ नेतृत्व

सुर्खेत: शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) को कर्णाली प्रदेश समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको संयोजकमा सुर्खेतका भूपेन्द्र कँडेल चयन भएका हुन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न एनसीईको दोस्रो साधारणसभाले नौ सदस्यीय प्रदेश समन्वय समिति बनाएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय महासचिव सुर्दशन सिग्देल र केन्द्रीय सदस्य दुर्गा गिरीको उपस्थितिमा भएको भेलाले कर्णाली समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।

साधारणसभाले कर्णाली प्रदेश समन्वय समितिको सह–संयोजकमा जाजरकोटका खम्बजंग शाह र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ । समितिको कोषाध्यक्षमा दैलेखकी रजनी योगी चयन भएकी छन् । त्यस्तै, सदस्यमा मुगुका टेकबहादुर शाही, जुम्लाका नौरते नेपाली र सुर्खेतकी देवी पौडेल, जाजरकोटकी जमुना पन्त र कालीकोटकी निर्मला बिष्ट छन् । हाल कर्णालीका ६ वटा जिल्लामा (एनसीई)ले शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ । बाँकी चार जिल्लामा एनसीईको समिति विस्तार गरेर कार्यक्रम थप्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७९, शुक्रबार ०५:०४