प्रमुख सचेतकमा परियार
सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन भएका छन् । माओवादी केन्द्र दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो । परियार हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित भएका हुन् । त्यस्तै, बैठकले माओवादी केन्द्र दलको सचेतकमा प्रदेशसभा सदस्य मिलन खड्का रोकालाई चयन गरेको छ । खड्का रुकुम–पश्चिमबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा ‐एमाले)ले भने हालसम्म प्रमुख सचेतक र सचेतक चयन गरेका छैनन् । कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका १० जना प्रदेशसभा सदस्य छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी), राष्टिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट एक÷एक प्रदेशसभा सदस्य छन् ।
प्रकाशित मितिः १२ फाल्गुन २०७९, शुक्रबार ०५:०३
साझा बिसौनी ।