क्षेत्रीय भेला चैतमा

सुर्खेत, ७ फागुन । (साबिस)
नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेतले क्षेत्रीय भेलाको मिति तोकेको छ । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न जिल्ला समितिको पूर्ण बैठकले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रस्तरीय भेला आगामी चैत ६ गते गर्ने निर्णय गरेको हो ।
क्षेत्र नंं. १ को सरस्वती माध्यमिक विद्यालय सिमघाट सहारे, क्षेत्र नं. २ को वीरेन्द्रनगर र क्षेत्र नंं. ३ को जीवनज्योति उच्च माध्यमिक विद्यालय गुटुमा भेला आयोजना गर्ने निर्णय गरिएको महासंघ सुर्खेतका सचिव कृष्णबहादुर थापाले जानकारी दिए । यस्तै २०७२ सालका सबै वार्षिक परीक्षालाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको छ । 
महासंघ सुर्खेतका अध्यक्ष पद्मप्रसाद गौलीको सभापतित्वमा सम्पन्न बैठकमा महासंघको राष्ट्रिय महासमिति सचिव शान्ति ढकाल, जिल्ला शिक्षा अधिकारी दीपा हमाल, सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेल लगायतको सहभागिता रहेको थियो । जिल्ला शिक्षा अधिकारी हमालले शैक्षिक गुणस्तर उकास्नेतर्फ ध्यान दिन शिक्षकहरूलाई सुझाव दिएकी थिइन् । सहायक जिशिअ पौडेलले एसएलसीको अक्षराङ्क प्रणालीका बारेमा जानकारी दिएका थिए ।
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार १०:५०