प्राविधिक संघमा वली

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन । 
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुर्खेतको प्रथम जिल्ला अधिवेशन शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सुर्खेतको सहारे–८ बोटेचौरमा भएको अधिवेशनले दलबहादुर वलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको सर्वसम्मत् चयन गरेको छ । 
समितिको उपाध्यक्षमा दीपा अधिकारी, सचिवमा शेरबहादुर परियार, सहसचिवमा प्रेम डीसी र कोषाध्यक्ष दुर्गा एलिज चयन भएका छन् । सदस्यहरूमा महिलामा सीमा ल्वागुन ग्रामीण स्वास्थ्य कार्यकर्ता शुकदेव पौडेल र खुल्लाबाट सुभाष विक र ममता विक रहेका छन् । बाँकी एकजना सदस्य भने मनोनित गरिने जनाइएको छ ।
कोटमाझखर्क कृषि सहकारी सस्था सहारे–८ बोटेचौरका अध्यक्ष गिताराम थापाको सभापतित्वमा सम्पन्न भएको अधिवेशनले पाँच सदस्यीय आर्थिक सङ्कलन समिति समेत गठन गरेको छ ।