संवाद केन्द्रको उद्घाटन

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ फागुन । 
वीरेन्द्रनगर–१९ मा संवाद केन्द्रको उद्घाटन गरिएको छ । जिल्ला शिक्षा अधिकारी दीपा हमालले शुक्रवार एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले संवाद केन्द्रले किशोर किशोरीको जीवनमा परिवर्तन गर्ने अहम् भूमिका खेलेको बताइन् । विद्यालय छोडेका तथा जोखिममा रहेका सीमान्तकृत समुदायका किशोर किशोरीको सशक्तीकरणलाई सशक्तीकरणमार्फत् शिक्षा प्रदान गरिएको भन्दै उनले उक्त कार्यक्रमको प्रशंसा गरिन् । 
कार्यक्रममा स्ट्रोम फाउण्डेशनका कार्यक्रम अनुगमन अधिकृत वीरेन्द्र नेपाली, किर्डाक नेपालका अनुप नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संवाद सहयोग समितिका संयोजक प्रेम बयलकोटीको अध्यक्षतामा सम्पन्न भएको हो । 
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार १०:५६