बिरामीलाई फलफूल वितरण

साझा बिसौनी संवाददाता
दैलेख, ७ फागुन । 
प्रजातन्त्र दिवसका अवसरमा दैलेख उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघको आयोजनामा दैलेख अस्पतालका बिरामीहरूलाई शुक्रवार फलफूल वितरण गरिएको छ । जिल्लास्तरीय मूलसमितिका अध्यक्ष एवम् निमित्त स्थानीय विकास अधिकारी प्रमुख जिल्ला इन्जिनियर होमनाथ पौडेल, जिविस योजना अधिकृत बाबुराम नेपाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निर्मल रसाइली, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. अमृत मास्केले बिरामीलाई फलफूल वितरण गरेका हुन् ।
दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेश खड्का, महासचिव नरेन्द्र थापा, गैसस महासंघका जिल्ला अध्यक्ष महारूप खत्री लगायत नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ३० जना बिरामीलाई फलफूल वितरण गरिएको जनाइएको छ ।
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार ११:०१