शिक्षा शिविर

सुर्खेत, ७ फागुन । (साबिस)
चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था साटाखानी–४ सुर्खेतको आयोजनामा एक दिने सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । साटाखानीको खाँडदेवी उच्च माध्यमिक विद्यालयमा शुक्रवार शिविर सम्पन्न भएको हो । शिविरमा सहकारीका अध्यक्ष खडानन्द ढकाल, सचिव यामप्रसाद आचार्य र सदस्य बालाराम अधिकारीले सहकारी संस्थाको गतिविधिका बारेमा जानकारी दिनुका साथै सहकारीको महŒवका बारेमा जानकारी गराएका थिए  ।