जनहितकारीद्वारा अर्धवार्षिक समीक्षा

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको अर्धवार्षिक समीक्षा गोष्ठि शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा गोष्ठि गरिएको हो ।
कार्यक्रममा अघिल्लो समीक्षाको निष्कर्ष तथा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति, कार्यक्रम र बजेटका आधारमा तयार गरेको लक्ष्यमाथि छलफल गरिएको छ । चालु वर्षको अर्धवार्षिक अवधिमा संस्थाले लिएको लक्ष्य अनुसारको रणनीतिहरू र कार्यान्वयनको अवस्था, अर्धवार्षिक प्रगतिको समीक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरू र अपनाउनुपर्ने थप रणनीतिहरूको बारेमा विस्तृत छलफल गरिएको हो ।
संस्थाको मूख्य कार्यालयलगायत तीन वटै सेवा कार्यालयका सेवा केन्द्र प्रमुखहरूले क्षेत्रगत प्रगति प्रतिवेदन एवम् रणनीती, समष्टिगत प्रगति एवम् लक्ष्य प्राप्तिका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । वार्षिक नीति, कार्यक्रम तथा बजेटका विषयमा पिपिरा सेवा केन्द्र प्रमुख प्रेम आचार्य र संस्थाको वित्तीय प्रतिवेदनका विषयमा लेखापाल वसन्तबहादुर बुढाले सहजीकरण गरेको संस्थाका वित्तीय परामर्शक एवम् सूचना अधिकारीभोजप्रसाद आचार्यले जानकारी दिए ।
प्रकाशित मितिः २९ माघ २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।