कृषकसँग पशुपालनसम्बन्धी अन्तरक्रिया

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले दुग्ध उत्पादक किसान सदस्यहरूसँग अन्तरक्रिया गरेको छ । शनिवार सहकारी शिक्षा तथा पशुपालन व्यवस्थापनसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले संस्थाको कृषि पशुपालन तथा समग्र संस्थाको लक्ष्य प्रस्तुत गरेका थिए । यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले दुग्ध किसानहरूलाई भैसीपालन तथा व्यवस्थापनबारे जानकारी गराए ।
गोष्ठिमा सहभागी कृषकहरूले पशुपालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन गोष्टिले सघाउ पु¥याउने धारणा राखेका थिए । संस्थाका सचिव पासाङ्ग महतारासहित ग्रामीण दुग्ध उत्पादन कृषक समूहका अध्यक्ष टोपबहादुर डाँगीसहितको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २९ माघ २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।