छुटेका अधिकार समेट्न संविधान संशोधन : नेपाली

नेकपा माओवादी केन्द्रकी सांसद सीता नेपालीले छुटेका विषय समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको बताएकी छिन् । बुधवारदेखि वीरेन्द्रनगरमा सुरु माघे संक्रान्ति मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधनको आवश्यकता भएको बताईन् । उनले संविधान संशोधन गर्दैमा देश टुक्रिने भन्ने हल्ला गलत भएको टिप्पणी गरिन् । नेपालीले जनताको हितकै लागि संशाधन गर्नुपरेको दावी गरिन् ।