सुर्खेतमा माघे संक्रान्ति मेला सुरु

सुर्खेतमा बुधवारदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । सभामुख ओनसरी घर्ती मगरले मेलाको उद्घाटन गरेकी हुन् ।

मगर संघ जिल्ला कार्यसमिति सुर्खेतले मेला आयोजना गरेको हो । मेला पुस २९ गतेसम्म सञ्चालन हुनेछ । मगर समुदायको कला संस्कृति, भेषभुषाको साथै मगर समुदायले उत्पादन गरेका वस्तु तथा परिकारहरु पनि राखिएको छ ।

मेलामा चर्चित कलाकारहरु खड्ग गर्वुजा, लक्ष्मी राना, छमन आले लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् ।