घरआगनमै सेवा दिँदै ‘गाउँका अस्पताल’

‘गाउँका अस्पताल’ को रूपमा परिचित स्वास्थ्यचौकीहरूले पछिल्लो समय भौतिक संरचनाका साथै सेवामा समेत सुधार र विस्तार गरेका छन् । आवश्यकता अनुसार घरआगनमै पुगेर समेत सेवा दिन थालेका छन् ।

सुर्खेत: गाउँमा स्वास्थ्य संस्था थिएनन् । सामान्य बिरामले च्याप्दा पनि उपचारका लागि जिल्ला सदरमुकाममा रहेको अस्पताल पुग्नुपथ्र्यो । कमजोर आर्थिक अवस्थाका कारण ऋण गरेर उपचारका लागि सदरमुकाम पुग्न सजिलो थिएन । दैलेखको आठबिस नगरपालिका–९ की कल्पना सिजापतिका लागि ति दिन निकै कष्टपूर्ण थिए । तर अहिले त्यस्तो छैन । गाउँमै स्वास्थ्यचौकी छ । उनका लागि बिरामी हुँदा जँचाउने पहिलो अस्पताल त्यही हो । घरआगनमै सेवा पाउँदा निकै सहज भएको कल्पना बताउँछिन् ।

कल्पनाका अनुसार अहिले त गाउँँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएका छन् । बिरामी हुँदा बित्तिकै स्वास्थ्यचौकी पुगेर जाँच गर्ने गरिएको छ । स्वास्थ्यचौकीमा उपचार सम्भव नभए स्वास्थ्यकर्मीहरूको सुझावअनुसार अन्य अस्पताल पु¥याइन्छ । ‘सामान्य रोग लाग्दा पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अहिले छैन’ उनले भनिन् ।

स्थानीय सरकार बनेसँगै गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । स्वास्थ्य चौकी नभएका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका छन् । जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाइरहेका छन् । दैलेखकै दुुल्लू नगरपालिका–१० का प्रकाश थापा पनि अहिले गाउँमै स्वास्थ्य सेवा सहज रूपमा पाउने गरेको बताउँछन् । ‘सोही सेवा लिन पहिले जिल्ला अस्पताल जानुुपथ्र्यो’ उनले भने, ‘अहिले घरआगनमै सेवा पाउँदा खुुसी लागेको छ ।’

‘गाउँका अस्पताल’ को रूपमा परिचित स्वास्थ्यचौकीहरूले पछिल्लो समय भौतिक संरचनाका साथै सेवामा समेत सुधार र विस्तार गरेका छन् । स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्दै गाउँगाउँमा बर्थिङ्ग सेन्टर र सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने काम पनि अगाडि बढाएका छन् । बर्थिङ्ग सेन्टरको स्थापना भएसँगै गर्भवती महिलाहरूले नियमित गराउनुपर्ने स्वास्थ्य जाँच पनि प्रभावकारी भएको दैलेखको आठबिस नगरपालिकाका जनस्वास्थ्य अधिकृत देवराज तिमिल्सेनाले बताए । उनका अनुुसार पछिल्लो समय स्वास्थ्य संस्थामै बच्चा जन्माउने महिलाहरूको संख्यामा पनि वृद्धि भएको छ । उनले भने, ‘पहिले स्वास्थ्य सेवा पाउन निकै मुस्किल हुुन्थ्यो । अहिले बर्थिङ्ग सेन्टर स्थापना भएसँगै स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको संख्या बढेको छ ।’

आठबिसकै वडा नम्बर–२ मा रहेको साताला स्वास्थचौकीले एक वर्ष पहिलेदेखि बहिरंग सेवा दिन थालेको छ । कुपोषित बालबालिकाका लागि (ओ.टि.सी.) बहिरंग सेवा सुरु भएको हो । पहिले स्वास्थ्य संस्थामा उक्त सेवा नहुुँदा जिल्ला अस्पताल तथा पोषण पुनस्र्थापना केन्द्रमा जानुुपर्ने बाध्यता थियो । अहिले स्वास्थ्यचौकीमा सेवा लिने सेवाग्राहीको संख्या पनि ह्वात्तै बढेको छ । घरआगनमै स्वास्थ्य सेवा पाएसँगै नागरिकको स्वास्थचौकीप्रतिको विश्वास बढेको स्वास्थचौकी इन्चार्ज ध्रुवराज विष्टले बताए । उनले भने, ‘लामो प्रतिक्षापछि जनशक्ति पाएको स्वास्थ्यचौकीलाई प्रभावकारी सेवा दिन सहज भएको छ । पछिल्लो समय पालिकाले पहिलो चरणको औषधि खरिद गरेकाले औषधि अभाव छैन ।’ स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन हुँदा असुरक्षित रूपमा घरमा सुत्केरी हुने महिलाहरूको संख्यामा कमी आएको विष्टले बताए ।

स्वास्थ्यचौकीहरूले बर्सेनि सेवा बढाउँदै गएका छन् । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ३ मा रहेको मेहेलतोली स्वास्थ्यचौकीले गाउँमै बहिरंग सेवा, परिवार नियोजन सेवा, पोषण सुधार कार्यक्रम, सुरक्षित मातृृत्व अन्तर्गत गर्भवती जाँच सेवा, सुत्केरी भेटघाट कार्यक्रम, परिवार नियोजन परामर्श सेवा दिइरहेको छ । बर्थिङ्ग सेन्टरमा ल्याएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य सुरक्षित एवम् सुधार हुने चेतनाको विकास भएकोले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि भएको स्वास्थ्यचौकी इन्चार्ज महेन्द्र भारतीले बताए । उनले गाउँटोलमै स्वास्थ्यकर्मी परिचालन गरेर पनि सेवा दिने गरिएको जनाए । ‘घर–घरमा स्वास्थ्य सेवा तथा सुविधाहरू पु¥याउने हेतुले चार पटक स्वास्थ्यकर्मी सुत्केरी भेटघाट कार्यक्रम राखिएको छ ।’

सुर्खेतको लेकवेशी नगरपालिकामा चार वटा स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा सामुुदायिक स्वास्थ्य इकाई छन् । पालिकाका दश वटै वडामा स्वास्थ्य इकाई रहेका छन् । प्रत्येक वडामा स्वास्थ्यचौकी हुँदा नागरिकले घरआगनबाटै प्रभावकारी सेवा पाइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश गिरीले बताए । स्थानीय स्वास्थ्य संस्थाहरूको सेवामा सुधार भएसँगै उपचारका लागि आउने बिरामीहरूको संख्या पनि बढेको छ । उनका अनुसार आवश्यक परामर्शसहितको सेवा स्वास्थ्यचौकीबाट प्रदान हुने गरेको छ ।

प्रकाशित मितिः   २६ माघ २०७९, बिहीबार ११:४१