स्थापना दिवसमा रक्तदान

सुर्खेत: प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा रक्तदान गरिएको छ । आइतवार संगठनको २५औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति सुर्खेतले वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो । स्थापना दिवसका आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीका अनुसार स्थापना दिवसमा विभिन्न व्यक्तिहरूले रक्तदान गर्दा १५ पिन्ट रगत संकलन भएको छ । संकलित उक्त रगत कर्णाली प्रदेश अस्पतालको ब्लड बैंकमा जम्मा गरिएको छ ।

रक्तदान कार्यक्रम गर्नुअघि स्थानीय मंगलगढीचोकदेखि पिपलचौतारासम्म प्रभावतफेरि गरिएको थियो । प्रभातफेरि पछि आयोजित कोषसभामा स्थापना दिवसको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता, पत्रकारहरूका विभिन्न पेशागत संगठनका प्रतिनिधि, पत्रकार महासंघ सुर्खेतका पदाधिकारी, प्रेस चौतारीमा आवद्ध पत्रकारका साथै राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २३ माघ २०७९, सोमबार ०५:०२