एमयूको स्ववियु निर्वाचन चैतमा

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय ‐एमयू) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय गरेको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले उक्त निर्णय गरेको हो  । मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो । विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियु निर्वाचन हो । विश्वविद्यालय स्थापना यता एक पटक मात्र स्ववियु संगठन बनेको थियो । अघिल्लो कार्यकालमा झक्क शाही एमयूको स्ववियु अध्यक्ष थिए ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०४