एलाइन्सको प्रदेश अध्यक्षमा शाही
सुर्खेत: राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको नेतृत्व चयन गरिएको छ । एलाइन्सको प्रदेश अध्यक्षमा नविनकुमार शाही चयन भएका छन् । मंगलवार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित मञ्चको प्रथम अधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । यस्तै, उपाध्यक्ष राधा मल्ल र प्रेम बुढा, सचिव खिमबहादुर रेग्मी, सहसचिव अकबर खान र करविर चदारा, कोषाध्यक्ष सुनिता पुन रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा ‐एमाले) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले राज्यबाट हुने मानव अधिकार हनन्का घटनामा कमी आए पनि समाजबाट हुने त्यस्ता घटनामा कमी आउन नसकेको बताए । उनले सामाजिक विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए । समुन्नत एवम् समृद्ध समाज निर्माणका लागि जातिय र सामाजिक विभेदको अन्त्य हुनुपर्ने बताएका नेता कँडेलले त्यसको अन्त्यका लागि लाग्न एलाइन्सलाई सुझाए ।
त्यस्तै, एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले मानव अधिकारको प्रवद्र्धनका लागि एमाले पार्टी प्रतिबद्ध रहेको बताए । उनले सामाजिक क्षेत्रको प्रवद्र्धनका लागि एलाइन्स सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए । एलाइन्सका केन्द्रीय अध्यक्ष मिनबहादुर शाहीले मानव अधिकारको रक्षा, सामाजिक न्याय र समृद्ध समाज निर्माणका लागि सबै स्थानीय तहमा एलायन्सका शाखा गठन गरिने जानकारी दिए । एलाइन्सका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज टीकाराम आचार्यको अध्यक्षमा प्रथम सम्मलेन सम्पन्न भएको हो ।
प्रकाशित मितिः ११ माघ २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।