शिक्षण पेसाप्रति घट्दो आकर्षण

रुकुम–पश्चिममा १५ जना शिक्षकको माग भएकोमा ६ जना प्रतिस्पर्धामा सहभागी थिए । त्यसमध्ये एक जनामात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

रुकुम–पश्चिममा १५ जना शिक्षकको माग भएकोमा ६ जना प्रतिस्पर्धामा सहभागी थिए । त्यसमध्ये एक जनामात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

सुर्खेत: शिक्षक सेवा आयोगले केही दिन पहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षकको नतिजा प्रकाशन ग¥यो । सार्वजनिक नतिजाअनुसार खुल्ला प्रतियोगितात्मक लिखित परीक्षामा धेरै जिल्लामा माग संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भए । केही जिल्लामा माग संख्याभन्दा आवेदन नै थोरै परे । आयोगले प्रकाशित गरेको हुम्ला, मुगु, डोल्पा, रुकुम–पश्चिम, जुम्ला, कालीकोट, सल्यान, जाजरकोट र दैलेखको नतिजाले शिक्षक पेसाप्रति अरुचि बढ्दै गएको देखाएको हो । हुम्लामा ३५ जना प्राथमिक तहको शिक्षकको माग भएकोमा २७ जनाले परीक्षा दिएका थिए । तीमध्ये सात जनामात्रै उत्तीर्ण भए । प्रतियोगितात्मक लिखित परीक्षा दिएका २७ मध्ये २० जनाले न्यूनतम् अंकसमेत ल्याउन सकेनन् ।

रुकुम–पश्चिममा १५ जना शिक्षकको माग भएकोमा ६ जना प्रतिस्पर्धामा सहभागी भएका थिए । त्यसमध्ये एक जना मात्र उत्तीर्ण भए । आयोगले यही माघ ५ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कर्णालीका अधिकांश जिल्लामा माग संख्याभन्दा कम परीक्षार्थीले मात्र न्यूनतम् अंक ल्याएका छन् । प्राथमिक तह तृतीय श्रेणीका लागि जुुम्लामा १७ जना शिक्षकको माग गरिएको थियो । जसमा २६ जनाले आवेदन दिएकोमा तीन जनाले मात्रै न्यूनतम् अंक ल्याएका छन् । मुुगुुमा ३६ जना शिक्षक माग भएकोमा ६४ जनाले आवेदन दिए । त्यसमध्ये १३ जना मात्रै उत्तीर्ण भए । शिक्षा विकास निर्देशनालयका निमित्त प्रमुख दीपा हमाल शिक्षा प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताउँछिन् । उनी भन्छिन्, ‘सेवा–सुुविधा र भौगोलिक विकटताका कारणले गर्दा पनि यो पेसामा आउन चाहने कमै छन् ।’

डोल्पामा प्राथमिक तहका ४० शिक्षकको माग गरिएको थियो । त्यसका लागि ७८ जनाले परीक्षा दिएकोमा २८ जना उत्तीर्ण भएका छन् । त्यस्तै, दैलेखमा एक सय ३८ जना शिक्षक माग भएकोमा दुुई सय २५ जनाले परीक्षा दिएका थिए । त्योमध्ये एक सय ३० जना लिखित परीक्षामा उत्तीर्ण भए । त्यस्तै, सल्यानमा ९४ जना माग गरिएकोमा दुुई सय ६४ ले परीक्षा दिएकोमा एक सय ७४ जना उत्तीर्ण भएका छन् । शिक्षक पदका लागि आयोगले लिइएको परीक्षामा उम्मेदवारहरू अनुत्तीर्ण भइ निर्धारित कोटामा पदपूर्ति हुन नसक्ने अवस्था आएको हो । शिक्षक हुनका लागि आवश्यक पर्ने न्यूनतम् योग्यता बढाउन नसक्दा यस्तो स्थिति सिर्जना भएको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख ‐उप–सचिव) धीरेन्द्रप्रसाद शर्माले बताए । उनका अनुुसार विश्वविद्यालयका पाठ्यक्रम समयानुकूल परिमार्जन भएका छैनन् । विद्यालय र विश्वविद्यालयस्तरको समग्र गुणस्तर कमजोर हुँदा मेधावी विद्यार्थीको लागि शिक्षण पेसा आकर्षण बन्न नसकेको शर्मा बताउँछन् । ‘शिक्षा क्षेत्र तीन वटै तहको सरकारको प्राथमिकतामा पर्न सकेको छैन,’ उनले भने, ‘समग्र शिक्षा क्षेत्र सञ्चालन तथा व्यवस्थापन गर्ने शिक्षा प्रशासनको वर्तमान पुनर्संरचना पद्धति कामयावी, वस्तुगत र वैज्ञानिक बनाउनुपर्ने देखिन्छ ।’

संघीयतापछि अन्तरतहगत जिम्मेवारी पन्छाउने प्रवृत्ति व्यापक छ । शिक्षामा राज्यको लगानी अत्यन्तै न्यून हुनु तथा संघीयतापछि शिक्षासम्बन्धी अधिकारको साझा बुझाइमा समस्या भएकाले शैक्षिक क्षेत्र धरासायी बनेको जानकारहरू बताउँछन् । शिक्षक सेवा आयोगको पाठ्यक्रमसमेत व्यावहारिक र समसामयिक नहुुनुुलाई पनि उत्तीर्ण प्रतिशत घट्नुको कारण मानिएको छ । शिक्षा विकास निर्देशनालयका एक अधिकारीका अनुसार शिक्षालयहरूमा पूर्वाधार अभावले सिकाइ अनुकूलको वातावरण निर्माण हुन सकिरहेको छैन । शिक्षालयको नियमन, सुपरीवेक्षण, संस्थागत र शिक्षक एवम् कर्मचारीको क्षमता विकास तथा शिक्षक सहायता प्रणाली औपचारिकका साथै देखावटी मात्र छ । शिक्षक, कर्मचारी र प्राध्यापकको सेवा, सुविधा, सुरक्षा, वृत्ति विकास, सम्मान आदिको अवस्थाले पनि शिक्षण पेसाप्रतिको आकर्षण घटेको उनको बुझाइ छ । पछिल्ला वर्षहरूमा शिक्षक कर्मचारीको पेसागत नैतिकता, इमान्दारिता, जवाफदेहिता र नेतृत्व शैलीमा थुप्रै प्रश्नहरूसमेत उठ्ने गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुुम–पश्चिमका प्रमुुख तारा पुुन मगर शिक्षकजस्तो सम्मानित पेसामा माग संख्याभन्दा पनि कम आवेदन पर्नु गम्भीर समीक्षाका विषय बनेको बताउँछन् । उनका अनुुसार अहिले शिक्षा विषय पढ्ने विद्यार्थीसमेत कम छन् । उनले भने, ‘शिक्षकले पाउने सेवा–सुविधा न्यून हुँदा पनि यो पेसा मानिसको रोजाइमा परेको छैन ।’ पर्याप्त सेवा–सुविधा नभएकै कारण शिक्षण पेसामा रुचि नदेखिएको कालीकोटका निमित्त शिक्षा विकास तथा समन्वय इकाई प्रमुुख प्रकाश धितालले बताए । उनले शिक्षा विषय अध्ययन गर्ने जनशक्ति कम हुनुले पनि मागअनुसार आवेदन पर्न छोडेको जनाए ।

शिक्षकका लागि प्रतिस्पर्धा गर्नुअघि लाइसेन्स परीक्षा पास गर्नुपर्ने हुन्छ । जुन तहको लाइसेन्स परीक्षा उत्तीर्ण गरेको छ त्यसमा मात्रै आवेदन दिन पाइन्छ । कर्णालीमा शिक्षक लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या पनि निकै न्यून छ । यहाँ १२ प्रतिशत परीक्षार्थी मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण हुने गरेका छन् । विद्यार्थीहरूले विश्वविद्यालयमा पढ्ने पाठ्यक्रम र लाइसेन्समा सोधिने प्रश्नहरूको तालमेल हुुन नसक्दा उत्तीर्ण प्रतिशत अपेक्षित हुन नसकेको बताइएको छ । हरेक वर्ष शिक्षा क्षेत्रको गुुणस्तर खस्किदो क्रममा देखिएको सुर्खेत बहुमुुखी क्याम्पसका प्रमुुख माधव खनालले बताउँछन् । शिक्षण पेसाभन्दा निजामति पेसामा आकर्षण बढेकाले कम मात्र आवेदन आउने गरेको उनको भनाइ ।

प्रकाशित मितिः   ९ माघ २०७९, सोमबार ०५:०५