पृथ्वी जयन्तीमा सरकारले दिएन सार्वजनिक बिदा

नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा बुधवार पुस २७ गते सरकारी विदा नहुने भएको छ। मंगलबार बेलुकासम्म पनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेन ।

मंगलबार साँझसम्म गृहमन्त्रालयले बिदाबारे कुनै निर्णय नगरेपछि आम नेपाली स्तब्ध भएका छन्।

 २०६२–६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो।

प्रकाशित मितिः   २६ पुष २०७३, मंगलवार २१:३७