वीरेन्द्रनगर सहकारीमा विसी
सुर्खेत: वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नयाँ सञ्चालक समिति चयन गर्दै शनिवार साधारण सभा समापन गरिएको हो ।
सहकारी सञ्चालन समितिको अध्यक्षमा बमबहादुर विसी निर्विरोध चयन भएका छन । वरिष्ठ उपाध्यक्षमा श्याम पौडेल, उपाध्यक्षमा रेश्मा उपाध्याय र सचिवमा रमेशकुमार सापकोटासहित १५ सदस्यीय सहकारी सञ्चालन समितिमा निर्विरोध निर्वाचित गरिएको हो ।
सुर्खेत जिल्लामा कार्यक्षेत्र रहेको सहकारीका जिल्लाभर विभिन्न ठाउँमा गरेर १२ वटा शाखाहरू सञ्चालन छन् । १९ हजार दुई बढी शेयर सदस्य रहेको जनाइएको छ ।
प्रकाशित मितिः १ माघ २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।