सिद्धार्थ सहकारीको अध्यक्षमा टंलामी
सुर्खेत: सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा टोपबहादुर टंलामी चयन भएका छन् । संस्थाको बुधवार वीरेन्द्रनगरमा सम्पन्न २१औँ साधारण सभाले टंलामीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनिता थापा, सचिवमा तुलाराम सिजाली, कोषाध्यक्षमा गम्मरबहादुर गरञ्जा चयन भएका छन् । यस्तै सदस्यहरूमा देउकली थापा मगर, रुद्रबहादुर बाकाबल, दिलकुमारी रखाल, अञ्जना रेगामी, खगेन्द्रबहादुर पुलामी, गंगाबहादुर थापा र निर्मला शर्मा रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा नरेन्द्रबहादुर थापा तथा सदस्यमा निशा थापा र प्रेमकुमार दर्लामीलाई चयन गरिएको छ ।
संस्थाले चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर पुँजी वृद्धि गरी सात करोड ४८ लाख पु¥याउने लक्ष्य निर्धारण गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको शेयर पुँजी ६ करोड ५१ लाख पुगेको छ ।
यसैबीच सहकारीले कफी खेतीमा लगानी बढाएको छ । शेयर सदस्यलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीले कफी खेतीमा लगानी बढाएको हो । चालु आर्थिक वर्षमा दश हजार कफीका विरुवा रोप्ने लक्ष्य लिएको छ । कफीमा युवापुस्ताको प्रयोग बढ्दै गएपछि सहकारी व्यवसाय नै सुरु गरेको हो । कफी आयातलाई रोक्दै शेयर सदस्यलाई व्यावसायिक कफी खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले लगानी गरेको संस्थाका अध्यक्ष टोपबहादु टंलामी मगरले बताए ।
प्रकाशित मितिः २८ पुष २०७९, बिहीबार ०५:०२
साझा बिसौनी ।