साझा सहकारीको साधारण सभा

सुर्खेत: साझा बचत तथा ऋण सहकारी संस्था सुर्खेतको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षता वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख अतिथ्यतामा भएको हो ।

सभामा ११ करोड ९१ लाख बराबरको वासलात तथा आगामी आर्थिक वर्षको लागि १२ करोड ७३ लाख वासलात प्रस्तुत गरिएको थियो । यसका साथै यो आर्थिक वर्षमा संस्थाको जम्मा कारोबार २७ करोड चार लाख ४१ हजार बराबर भएको संस्थाका व्यवस्थापक तुल्सी घिमिरेले जानकारी दिए ।

प्रकाशित मितिः   २४ पुष २०७९, आईतवार ०५:०२