सुर्खेतमा थारु माघी मिलन कार्यक्रम

सुर्खेत: सुर्खेतमा माघी मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । लखागिन थारु उत्थान मञ्च सुर्खेत र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको आयोजनामा नयाँ वर्षको रूपमा मनाइने थारु समुदायको माघी मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम विविध सांस्कृृतिक कार्यक्रमसहित गरिएको हो ।

लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी ‘पन्ना’ले माघी पर्वको महŒव एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले मघौटा नाचसहित कार्यक्रम गरिएको जनाए । कार्यक्रममा माघी पर्वको महŒवको बारेमा मानविर थारुले जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वीरन्द्रनगर नगरपालिकाका वडा नं. २ को वडाअध्यक्ष गजबहादुर बुढाले थारुहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । यस्तै लालबहादुर थारुले थारुहरूको मौलिक संस्कृति पहिचान धरोहर माघी पर्व भएको भन्दै यसलाई बचाउन सरकारले दायित्वबोध गर्नुपर्ने जनाए । कार्यक्रममा विभिन्न स्थानीय थारु कलाकारहरूको थारु नृत्य तथा गीतहरूसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः   २४ पुष २०७९, आईतवार ०५:०३