असहायलाई न्यानो कपडा वितरण

सुर्खेत: देउती बज्यै मन्दिर परिसरमा मागेर गुजरा चलाउने असहाय व्यक्तिहरूलाई न्यानो कपडा सहयोग गरिएको छ । वीरेन्द्रनगर–१० का युवा विजय रखालले मंगलवार १३ जना असहायलाई चिसोबाट बच्ने लत्ताकपडा वितरण गरेका हुन् । मन्दिर छेउको सडक पेटीमा बसेका उनीहरूलाई चिसोबाट बच्नका लागि न्यानो कपडा सहयोग गरिएको रखालले बताए । उनले कम्बल, पञ्जा, टोपीलगायतका सामग्री सहयोग गरेका छन् । व्यवसायीसमेत रहेका रखालले केही समययता हरेक शनिवार बिहान देउती बज्यै मन्दिरमा मागेर जीवन निर्वाह गरिरहेका असहाय व्यक्तिहरूलाई चिया खाजासमेत खुवाउँदै आएका छन् ।

प्रकाशित मितिः   २० पुष २०७९, बुधबार ०५:०४