चार गाविसमा विविध कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ फागुन ।
साझेदारी विकास परियोजना अन्तर्गत युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको युवा अभियान, सुर्खेतले पश्चिम सुर्खेतका चार वटा गाविसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । पश्चिमका लगाम, बेतान, बिजौरा र बावियाचौरमा गाविसस्तरीय युवा सञ्जालमार्फत् विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । 
लगाममा ‘युथ भिजन २०२५’ र १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ४० जना सहभागी भएको कार्यक्रम गाविसस्तरीय सञ्जालका संयोजक हरिचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । 
पश्चिमकै बिजौरा पनि शनिवार नै गाविसस्तरीय युवा सञ्जालको आयोजना र बिजौरा बजार व्यवस्थापन समितिको समन्वयमा बजार सरसफाइ कार्यक्रम सम्पन भएको हो । यस्तै, बावियाचौरमा गाविसस्तरीय युवा सञ्जालका अध्यक्ष अम्मरबहादुर कार्कीको अध्यक्षतामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:४६