सुर्खेतका जिल्ला वन अधिकृत विष्ट पुरस्कृत
सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्ट पुरस्कृत भएका छन् । वन विभागले बेरुजु फर्छयौट गरे वापत विष्टलाई पुरस्कृत गरेको हो ।
विभागले पुस ६ गतेकोे निर्णयले जिल्ला वन अधिकृत विष्टसहित लेखापाल उत्तमकुमार उपाध्यायलाई जनही चार हजारका दरले नगद पुरस्कार दिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले गत आर्थिक वर्षसम्मका कायम बेरुजुहरु मध्ये ७७ प्रतिशत फर्छयौट गरे वापत सो पुरस्कार प्रदान गरिएको हो ।
जिल्ला वन कार्यालयमा रहेको गत आर्थिक वर्षसम्मको बेरुजु एक करोड ५१ लाख २० हजार रुपैयाँ मध्ये एक करोड १६ लाख ५३ हजार बेरुजु फर्छयौट भएको थियो । बेरुजु फर्छयौट सरकारको उच्च प्राथमिकतामा रहेको छ । प्रधानमन्त्री कार्यालयले सबै सबै मातहतका निकायलाई समयमै बेरुजु फर्छयौट गर्न परिपत्र गर्दै आईरहेको छ ।
प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १८:५९
साझा बिसौनी ।