बलविबाह बिरुद्ध सडक नाटक

सुर्खेतको लगाम गाविस वडा न. ५ धनरासमा आइतबार बालबिवाह बिरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत इक्वल एक्सेसद्धारा लगाम वडा न २ मा गठित सृजनशील रेडियो स्रोता समुहले परियोजनाको लघु अनुदान सहयोगमा सडक नाटक प्रदर्शन गरेको हो ।

सानै उमेरमा बिवाह गरेपछि आइपर्ने घरायसी समस्या, स्वास्थ्य समस्या लगायतका बिषयबस्तुमा केन्द्रीत रहेर सो नाटक प्रर्दशन गरिएको थियो । समुहले यसअघि शुक्रबार लगामकै वडा न ६ साता, शनिबार वडा न ९ बोलामा नाटक प्रदर्शन गरीसकेको छ भने सोमबार वडा न २ मा नाटक प्रदर्शन गर्नेछ । समुहकी सहजकर्ता खगिसरा नेपालीले सानै उमेरमा विवाह गर्नेहरुको संख्या धेरै भएका कारण बालबिवाह गर्नुहुन्न भन्ने जनचेतना जगाउनका लागि नाटक प्रदर्शन गरिएको बताईन् ।

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १८:०९