प्राइमको अध्यक्षमा भूषण
सुर्खेत:
प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भूषणकुमार मानन्धर चयन भएका छन् । आइतवार भएको २२औँ वार्षिक साधारणसभाले मानन्धरलाई नै फेरि अध्यक्ष चुनेको हो । उनको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा भक्तबहादुर ढकाल, सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा पूर्णबहादुर बुढाक्षेत्री रहेका छन् । सदस्यहरूमा शशीकुमार बिसी, कौशल्यादेवी बस्नेत, लोकेन्द्रबहादुर थापा, कमलाकुमारी खान र गणेशबहादुर बस्नेतलाई चयन गरिएको छ । यस्तै लेखा समितिको संयोजकमा नवराज खड्का तथा सदस्यमा योगेन्द्र शाही र ऋषिप्रसाद अधिकारी रहेका छन् ।
सभाले आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित नीति तथा कार्यक्रमसहित आर्थिक, लेखा सुपरीवेक्षण, कर्जा, लेखापरीक्षणलगायतका प्रतिवेदन पनि पारित गरेको छ । सोही अवसरमा उत्कृष्ट कर्जातर्फ पूर्णबहादुर वली र तुफान सुनार, उत्कृष्ट बचततर्फ निरज श्रेष्ठ र खुमबहादुर डाँगी तथा उत्कृष्ट कर्मचारीमा टेकबहादुर डिसी पुरस्कृत भएका छन् ।
साधारण सभामा कर्णाली बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानी, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहाललगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ११ पुष २०७९, सोमबार ०५:०२
साझा बिसौनी ।