क्षेत्रीय भेला सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ फागुन ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेत क्षेत्र नं. ३ को क्षेत्रीय भेला शनिवार बावियाचौरमा सम्पन्न भएको छ । भेलामा संगठन जिल्ला कमिटी कोषाध्यक्ष रत्नबहादुर बुढाले सङ्गठनका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी नेपाल शिक्षक महासंघ सुर्खेतका सचिव कृष्णबहादुर थापाले शिक्षक महासंघका गतिविधि र योजनाका बारेमा जानकारी दिए । सङ्गठनको क्षेत्र नं. २ का संयोजक एवम् शिक्षक सहकारीका सचिव डिलाराम भण्डारीले शिक्षक सहकारीका बारेमा चर्चा गरेका थिए भने नेकपा एमाले क्षेत्र नं. ३ का सचिव हरिप्रसाद ढकालले पार्टीका गतिविधिका बारे जानकारी गराएका थिए । 
सङ्गठनमा आवद्ध एक सय शिक्षकहरूको सहभागितामा भेला सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन क्षेत्र नं. ३ का सचिव धनिराम शर्माले जानकारी दिए । 
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:५०