विपक्षीको विरोधबीच संविधान संशोधन प्रस्ताव पेश

संविधान संशोधन प्रस्तावमाथिको छलफल नाराबाजीबीच पेश भएको छ। विपक्षी सांसदहरुको नाराबाजीबीच कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका छन्।

होहल्लाबीच सभामुख ओनसरी घर्तीमगरले विपक्षीले दर्ता गराएको विधेयक फेल भएको र सरकारले दर्ता गराएको विधेयक पेश गर्न बहुमत पुगेको भन्दै कानूनमन्त्री नायकलाई समय दिएकी थिइन्। मन्त्री नायकले विधेयक प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरुले उभिएरै सरकारबिरुद्ध नाराबाजी गरिरहे।

निर्वाचनसँग सम्बन्धित कानून पेश गर्न र लोकमानबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफलमा चुप बसेका नेकपा एमालेका विपक्षी दलका सांसदहरु संशोधन विधेयक प्रस्तत हुनासाथ आफ्नो ठाउँबाट उभिएका थिए।

बैठक आगामी पुस २५ दिउँसो १ बजेसम्म स्थगित भएको जानकारी सभामुखले गराएकी छन्।

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १६:२१