निर्वाचनसँग सम्बन्धित विधेक संसदमा पेश

व्यवस्थापिका–संसद् बैठकमा निर्वाचनसँग सम्बन्धी विधेयक पेश भएको छ। कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका थिए। उक्त विधेयक बहुमतबाट पेश भयो।

लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल सकिएको छ। कुनै पनि सांसदले छलफलमा भाग लिन नचाहेपछि संसदबाट पारित भएको जानकारी सभामुख ओनसरी घर्तीमगरले गराइन्।

यसअघिको कार्यसूची बदल्दै निर्वाचनसँग सम्बन्धित र लोकमानसिंहबिरुद्धको महाअभियोग प्रस्तावलाई अघि ल्याइएको थियो भने संविधान संशोधन विधयेक अन्तिममा सारिएको थियो। यसअघि लोकमानबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल अन्तिम कार्यसूचीमा राखिएको थियो।

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १६:२४