महासंघको साधारणसभा आज

सुर्खेत: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा आज वीरेन्द्रनगरस्थित सुर्खेत सभागृह ‐सिटी हल) मा हुँदैछ । महासंघको इतिहासमै पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागिएको हो । दुईदिन ‐पुस ८ र ९) सञ्चालन हुने साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । साधारण सभामा महासंघका सात सय ५० जना राष्ट्रिय परिषद् सदस्यमध्ये झन्डै पाँच सयको सहभागिता रहने बताइएको छ । यस्तै, साधारण सभामा ७७ वटा जिल्ला शाखा, ३९ वटा प्रतिष्ठान, १२ वटा एसोसियट र १० वटा वैदेशिक शाखाको प्रतिनिधित्व हुनेछ ।

साधारण सभालाई नीतिगत तथा विधान अधिवेसनका रूपमा लिइएको महासंघले जनाएको छ । साधारण सभा उद्घाटनअघि बिहान ८ बजे स्थानीय मंगलगढीचोकबाट प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । महासंघले साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित मितिः   ९ पुष २०७९, शनिबार ०५:०४