‘आर्थिक विकासमा सहकारीको योगदान’

सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आर्थिक क्षेत्रको विकासमा सहकारी संस्थाहरूको भूमिका महŒवपूर्ण हुने बताएका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजित वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा अन्तर्गतको एकाई भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री बुढाक्षेत्रीले सहकारी संस्थाहरूले नागरिकको जीवनस्तर उकास्न र समग्र राष्ट्रको आर्थिक विकासमा टेवा पुगेको जनाए । उनले भने, ‘आर्थिक विकासमा सहकारीहरूको योगदान महŒवपूर्ण रहदै आएको छ ।’ राज्यको तीनखम्बे अर्थनीतिको एक खम्बा सहकारी भएको भन्दै उनले सहकारी संस्थाहरूले अझै जिम्मेवार भएर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने सुझाए ।

सोही कार्यक्रममा बोल्दै सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशका रजिष्ट्रार खुमप्रसाद सुवेदीले सहकारीहरूले विभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै सेवा प्रवाह गरिरहेको बताए । उनले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले कर्णालीका दुर्गम गाउँबस्तीहरूमा प्रभावकारी किसिमले वित्तीय तथा अन्य सामाजिक क्षेत्रमा सेवा दिइरहेको भन्दै प्रशंसा गरे । बुधवार इकाई नं. २ को बैठक वीरेन्द्रनगरमा भएसँगै वार्षिक साधारणसभाका सबै एकाई बैठकहरू सम्पन्न भएको संस्थाले जनाएको छ । सुर्खेत, दैलेख, जाजरकोट र सल्यान अन्तर्गत विभिन्न सात वटा एकाइ विभाजन गरी सोहीअनुसार बैठकहरू सञ्चालन गरेको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

संस्थाका सञ्चालक समिति अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाको एकाई बैठकमा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख टीकाराम शर्मा, संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मी, सल्लाहकार कृष्णप्रसाद पौडेल, सञ्चालक समिति सदस्य हिरा बुढामगर, सदस्य मानकुमारी आचार्यलगायतले आ–आफ्नो भनाइ राखेका थिए । वार्षिक साधारणसभाको एकाई बैठकले संस्थाका सचिव राधाकुमारी ढकालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ताराकेशर पौडेलले पेश गरेको संस्थाको चालु आर्थिक वर्षको प्रस्तावित बजेटसमेत स्वीकृत गरेको छ । चालु आर्थिक आर्थिक वर्ष २०७९÷०८० को सात अर्ब २२ करोड ९० लाख ४४ हजार सात सय ८५ रूपैयाँ ८० पैसाको संशोधित र आगामी आर्थिक वर्ष २०८०÷०८१ को आठ अर्ब ५४ करोड २७ लाख ९७ हजार तीन सय ८५ रूपैयाँ ८० पैसाको प्रस्तावित बजेटलाई स्वीकृत गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   ७ पुष २०७९, बिहीबार ०५:०२