खाद्यान्न सहयोग

सुर्खेत: मध्य–पश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघले वीरेन्द्रनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । सोमवार संघको २५औँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा खाद्यान्न र फलफूल वितरण गरिएको हो । संघले सात क्वीन्टल चामल, २५ किलो दाल, दुई पेटी तेल, एक बोरा आयोडिनयुक्त नुन र एक क्यारेट सुन्तला सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरर्गत आश्रमका आश्रितलाई खाद्यन्न तथा फलफूल वितरण गरिएको संघका कार्यालय प्रमुख रमेश रायमाझीले बताए । सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरूको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि संघको सहयोग तथा सद्भाव रहिरहने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   ५ पुष २०७९, मंगलवार ०५:०२