कृषि परियोजना लागू हुँदै
सुर्खेत: कर्णाली सरकारको भूमि व्यवस्था, तथा सहकारी मन्त्रालयले लक्षित वर्गका कृषकहरूलाई समेट्ने गरी नयाँ कृषि परियोजना सुरु गर्ने भएको छ । चालु आर्थिक वर्षदेखि हिमाली जिल्लामा स्याउ तथा ओखर विकास परियोजना लागू गरिने भएको हो । साविक कर्णालीका पाँच जिल्लालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्राविधिक ज्ञानसहित किसानलाई विशेष अनुुदानको कार्यक्रम सञ्चालनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । अहिले ती जिल्लाहरूमा सार्वजनिक सूचना जारी गरेर स्याउ तथा ओखर खेती गर्ने कृषकको विवरण संकलन भइरहेको छ । कृषि फर्म, कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्महरूको आावश्यक कागजातसहितको विवरण संकलन भइरहेको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले बताए । कार्यक्राका लागि मन्त्रालयले यो वर्ष पाँच करोड ३१ लाख बजेट विनियोजन गरेको छ । कर्णालीका साविक पाँच जिल्लासहित सुर्खेतको एक पालिकामा पनि परियोजना सञ्चालन हुने बताइएको छ । जुम्ला, कालीकोट, डोल्पा, मुुगुु, हुुम्ला र सुर्खेतको चिङ्गाड गाउँपालिकामा स्याउ तथा ओखर विकास परियोजना लागू हुनेछ ।
परियोजना सञ्चालनका लागि अहिले भूगोलको अवस्थाबारे प्राविधिक अध्ययन भइरहेको छ । जलवायुु परिवर्तनको असर फलफूल खेतीमा पर्न सक्ने भन्दै कार्यक्रम लागू हुने क्षेत्रमा थप अध्ययन थालिएको सूचना अधिकारी अधिकारीले जनाए । परियोजनाका लागि सबैभन्दा धेरै बजेट मुुगुुको लागि छुट्याइएको छ । उक्त जिल्लामा स्याउ र ओखर खेतीका लागि एक करोड ५३ लाख बजेट विनियोजन गरिएको हो । त्यस्तै, जुम्लामा एक करोड १९ लाख बजेट परियोजनाका लागि छुुट्याइएको छ । कालीकोटमा ३४ लाख, हुम्लामा १० लाख, डोल्पामा २० लाख र सुर्खेतको चिङ्गाड गाउँपालिकाका लागि १२ लाख बजेटको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यो परियोजना हुुम्लामा कृषि विकास कार्यालय र बागवानी फर्ममार्फत लागू गरिँदैछ । कृषि विकास कार्यलयबाट १० लाख र बागवानी फर्ममार्फत २९ लाखको कार्यक्रम सञ्चालन गरिनेछ । हिउँदे फलफूल भएकाले अहिले जिल्लाहरूमा धमाधम प्राविधिक अध्ययनको काम भइरहेको छ । प्राविधिक अध्ययनको विवरणअनुसार परियोजनाको क्षेत्र निर्धारण गरिने मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए । यो प्रदेश सरकारको आफ्नै कार्यक्रम हो । कार्यक्रम स्वीकृत हुन भने बाँकी छ । माटो, पानीको अवस्था र हावापानी तथा भूगोलको बनोट हेरेर मात्र कार्यक्रम स्वीकृत गरिने मन्त्रालयले जनाएको छ । यसैबीच, फलफूल खेतीको प्रवद्र्धनका लागि कर्णालीका ७९ वटै पालिकामा नाफा परियोजना पनि लागू गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । चालुु आर्थिक वर्षदेखि नै संघीय सरकारको समन्वयमा प्रदेश संयुुक्त रूपमा कार्यक्रम सञ्चालनको तयारी गरिएको बताइएको छ । त्यसका लागि प्रदेश सरकारले एक करोड बजेटसमेत विनियोजन गरेको छ ।
प्रकाशित मितिः २ पुष २०७९, शनिबार १३:४६
साझा बिसौनी ।