विपन्न परिवारलाई सोलार

सुर्खेतः हुम्लाको चंखेली गाउँपालिका–२ दार्माका विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । इको वारियर्स नेपालले सेभ द चिल्डे«न र निल हिरा समाजको सहयोगमा ५० जना परिवारलाई सोलार वितरण गरेको हो । यौनिक तथा अल्पसंख्यक समुदायका युवाहरुद्वारा इको वारियर्स संस्था सञ्चालित छ । संस्थाका सदस्य एन्जल लामाले विद्युत नपुगेको ठाउँका विपन्न परिवारलाई उज्यालोका लागि सोलार सहयोग गरिएको बताइन् । उनका अनुसार संस्थाले विद्यालयहरुमा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमसमेत गरेको छ ।

दार्माको बालज्योति आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई जलवायु परिर्वतन सम्बन्धी एकदिने सचेतना कार्यक्रम गरिएको लामाले जानकारी दिइन् । कार्यक्रममा संस्थाका संकेत बस्याल, अभिन गहतराज र रोशन गुरुङको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ मंसिर २०७९, बिहीबार १७:०५