एक हजार बढीलाई कानुुनी परामर्श

सुर्खेत

सुर्खेतका विभिन्न पालिका र समुदायस्तरमा एक हजारभन्दा बढी नागरिकलाई कानुुनी परामर्श सेवा दिइएको छ । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को स्कूल अफ ल ले क्लिनिकल लिगल एजुकेशन कार्यक्रम अन्तर्गत उक्त परामर्श सेवा दिएको हो । स्कूल अफ ल का स्नातक दोस्रो सेमेस्टरका विद्यार्थीको अनुसन्धानको दायरा फराकिलो बनाउन स्थलगत परामर्श तथा कानुनी छलफल कार्यक्रम चलाइएको थियो । परामर्श तथा छलफल कार्यक्रम झुुप्रास्थित बादी समुदायको बस्ती, वीरेन्द्र नगरपालिकाका तीन वटा वडा र बराहताल गाउँपालिकाको वडा नं. ५ मा सञ्चालन गरिएको थियो ।

सोही अवसरमा स्थानीय तहका न्यायिक समितिलाई पनि आवश्यक परामर्श दिइएको जनाइएको छ । कानुुनी परामर्श कार्यक्रम अन्तर्गत सुर्खेतका विभिन्न स्थानमा गरी एक हजार जनाभन्दा बढी नागरिक लाभान्वित भएको एमयूको स्कूल अफ ल का निर्देशक उपेन्द्र विकले जानकारी दिए । विद्यार्थीहरुले समुदायमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, जातीय छुुवाछुुत लगायतका विषयमा केन्द्रित भएर कानुनी परामर्श दिएका हुन् । विद्यार्थीहरुले तीन महिनाको अवधिमा कानुनी ज्ञानका बारेमा समुदायमा पुगेर सचेतना फैलाएको बताइएको छ ।

परामर्शका क्रममा घरेलु हिंसा, बालविवाह, जातीय छुवाछुत र स्थानीय न्यायिक समितिको क्षेत्राधिकारका बारेमा छलफल चलाइएको थियो । त्यसका साथै न्याय निरूपणका विषयमा समेत नागरिकहरुलाई अभिमुखीकरण गरिएको निर्देशक विकले जनाए । समुदायका कानुनी सवालमा छलफल गर्न, सहायता प्रदान गर्न र समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले स्थलगत अध्ययन कार्यक्रम सञ्चालन गरिएको हो । कानुनी सवालमा नीतिगत प्रभावकारिताको अवस्था निकै कमजोर देखिएको अध्ययनमा सहभागी छात्रा सुरक्षा डाँगीले बताइन् । स्थानीय तहले नागरिकहरुको आधारभूत आवश्यकतासमेत पूर्ति गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २७ मंसिर २०७९, मंगलवार १२:२६