‘मानव अधिकार संरक्षणमा सरकार प्रतिबद्ध’

सुर्खेत: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले मानव अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तोे बताएका हुन् । उनले मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा सम्बद्र्धनका लागि सरकार सधैँ प्रतिबद्ध रहेको जनाए । मानव अधिकारको संरक्षणका लागि सरकार मात्र नभएर सिँगो नागरिक समाजको भूमिका महŒवपूर्ण रहने उनले बताए । मन्त्री शाहीले भने, ‘मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध छ, यसमा सबैको हातेमालो आवश्यक हुन्छ ।’ मानव अधिकार संरक्षणका लागि कर्णालीका दुर्गम बस्तीसम्म सचेतना कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ‘मानव अधिकारको संरक्षणका लागि सहरका कोठामा कार्यक्र गर्नुभन्दा पनि गाउँटोल र विद्यालयहरूमा अभियानहरू सञ्चालन हुनुपर्‍यो,’ उनले भने ।

यस्तै, सोही कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मञ्जु सुनारले कर्णालीमा मानव अधिकारको अवस्था सन्तोषजनक नभको बताइन् । उनले मानव भएर स्वतन्त्रपूर्वक बाँच्न नपाउने अवस्था रहेको भन्दै मानव अधिकारको सुनिश्चित गर्न आवश्यक रहेको जनाइन् । सुनारले भनिन्, ‘सबैभन्दा बढी महिला र बालिका पिडामा छन्, मानव अधिकार हनन्का घटनाहरू दिनदिनै भइरहेका छन्, यसतर्फ राज्य र सरोकारवाला निकाय गम्भीर बन्न आवश्यक छ ।’ अनौपचारिक सेवा केन्द्र ‐इन्सेक) कर्णाली प्रदेशका संयोेजक नारायण सुवेदीले समाजमा दण्डहिनता अन्त्य भए मात्रै मानव अधिकारको संरक्षण हुने बताए । उनले द्वन्द्वकालमा जघन्य अपराधबाट पीडित भएकाहरूले अहिलेसम्म न्याय पाउन नसकेको बताए । अधिकांश यौनिक अल्पसंख्यक र महिला तथा बालबालिकाहरूको मानव अधिकारको हनन् भइरहेको उनको भनाइ थियो । जातीय छुवाछुत र रुढिवादी परम्पराले गर्दा पनि कर्णालीमा मानव अधिकारको अवस्था निकै कमजोर रहेको कार्यक्रमका सहभागिहरूले बताएका थिए । दण्डहिनता अन्त्यका लागि सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उनीहरूको जोड छ । सरकारले मानव अधिकारसँग सम्बन्धी मुद्दाहरू किनारा लगाउन ढिलाइ गर्नु नहुने सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि सबै प्रतिवद्ध भएर लाग्न आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   २५ मंसिर २०७९, आईतवार ०५:०३