कर्णाली नदीमा जेसीबी खस्दा दुई जनाको मृत्यु
सुर्खेत: कर्णाली करिडोरको कालीकोट सडक खण्डमा जेसीबी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जेसीबी कर्णाली नदीमा खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शनिवार दिउँसो साढे १ बजेको समयमा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला नजिकबाट जेसीबी नदीमा खसेको थियो । दुर्घटनामा कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका–२ का १६ वर्षीय युवराज बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुक्रराज बमले जनाए । सोही दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २२÷२३ वर्षीय कमल सोडारी र सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन् । प्रहरीका अनुसार उनीहरूको खोजीकार्य जारी छ । दुर्घटनामा तीन जना घाइते छन् । उनीहरूलाई तत्काल उद्धार गरेर बोलेरो जिपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पु¥याइएको प्रहरीले जनाएको छ । फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङभित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा जेसीबी खसेको बताइएको छ । जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको हो ।
प्रकाशित मितिः २५ मंसिर २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।