स्रहानीय योजना
सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने तयारी गरेको छ । जुन स्रहानीय छ । जिल्लाको पर्यटन, जलविद्युत र कृषिको विकासका लागि २०७३ साललाई लगानी वर्षको रूपमा मनाउन लागिएको संघले जनाएको छ । यसको कार्यान्वयन हुन्छ वा हुँदैन त्यो भविष्यको गर्भमा छ । तर यो योजनालाई कार्यान्वयन गरियो भने जिल्लाको समग्र विकास र आर्थिक समृद्धिमा महŒवपूर्ण उपलब्धि हासिल हुनेमा दुईमत छैन । हुन त योजना ल्याउनु र घोषणा गर्नु मात्र महŒवपूर्ण पक्ष होइन त्यसको कार्यान्वयन र प्रभावकारिता नै प्रमुख पक्ष हो । त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । लोकप्रियताका लागि गरिने कतिपय घोषणाहरू कार्यान्वयन नभएका उदाहरण विभिन्न निकायमा प्रशस्तै छन् । त्यसैले साधाणसभामार्फत् सुर्खेत उद्योग वाणिज्य संघले आगामीले वर्षलाई लगानी वर्षको रूपमा मनाउने घोषणा संघका लागि अबको चुनौती हो । चुनौतीका साथ–साथै यो अवसर पनि हो । यसको सदुपयोगमा संघको ध्यान जान आवश्यक छ ।
आर्थिक समृद्धि र मुलुकको समग्र विकासको कुरा पटक–पटक उठ्दै आएको छ । तर यसलाई कार्यान्वयन गर्नेतर्फ प्रभावकारी काम हुन सकेको छैन । जसले गर्दा सरकारले नै अघि सारेका समृद्धि र विकास सम्बन्धी कतिपय कार्यक्रम तथा योजना पनि कार्यान्वयन हुन सकेका छैनन् । सुर्खेत उद्योग वाणिज्य संघले अघि सारेको लगानी वर्ष पनि त्यस्तै निष्प्रभावी हुने त होइन ? प्रश्न उब्जिएको छ । यद्यपि यस प्रश्नको जवाफ आगामी वर्ष संघले आफ्नो योजना कार्यान्वयनमा कति ध्यान दिन्छ त्यसैले दिनेछ । प्रस्तावित प्रदेश नं. ६ को राजधानीको समेत सम्भावना बोकेको सुर्खेतको आर्थिक विकासका लागि लगानी वर्ष फलदायी हुने अपेक्षा गर्न सकिन्छ । लगानी वर्षमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जिल्लामा लगानी गर्नका लागि आकर्षित गर्नुपर्दछ । लगानीकर्ताहरूका आकर्षण के मा छ त्यसको पहिचान पहिलो काम हो । जिल्लामा मुख्यगरी कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्न गरिने सम्भावना छ । त्यसतर्फ लगानीकर्ताहरूलाई आकर्षित गर्न सके लगानी वर्ष सफल हुनेछ । त्यतिमात्र होइन जिल्लाको विकासले फड्को मार्ने अपेक्षा समेत गर्न सकिन्छ । किनभने उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सकेको खण्डमा आर्थिक उन्नति हुने प्रचूर सम्भावना छ ।
लगानी वर्षको तयारी भएसँगै राजनीतिक अस्थिरता, लामो नाकाबन्दी र भूकम्पका कारण थिलोथिलो भएको सुर्खेत लगायत समग्र मध्यपश्चिम क्षेत्रको आर्थिक विकासमा नयाँ तरङ्ग आउने अपेक्षा गरिएको छ । जिल्लामा प्रशस्त सम्भावनाहरू भए पनि लगानीका लागि सुरक्षित वातावरण नहुँदा अर्थतन्त्र नै धरासायी बनेको अवस्थामा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले समेत सुर्खेतमा लगानी गर्ने वातावरणको सिर्जना आजको आवश्यकता पनि हो । यसका लागि संघले अघि सारेको योजनामा जिल्लाका अन्य सबै सरोकारवालाहरूले पनि उत्तिकै सहयोग गर्न जरुरी छ । सुर्खेत जिल्लाभित्र मात्र नभए भेरी र कर्णाली क्षेत्रमा लगानीकर्ता भिœयाउन सके यस क्षेत्रको विकास हुने देखिन्छ । संघले लगानी वर्षको तयारी गरिरहँदा यहाँका व्यवसायीहरूले आर्थिक विकासका लागि पूर्वाधारको विकासमा समेत जोड दिएका छन् । लगानीकर्ता भिœयाउनका लागि सुर्खेत विमानस्थलको विस्तार, सुर्खेतदेखि नेपालगन्जसम्मको रत्न राजमार्गको विस्तार र १३२ केभीए विद्युत प्रशारण लाइन तत्काल विस्तार गर्नुपर्नेतर्फ पनि ध्यान जान उत्तिकै जरुरी छ । यसका लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्दछ ।
प्रकाशित मितिः १० फाल्गुन २०७२, सोमबार १३:४५
साझा बिसौनी संवाददाता ।