समृद्ध सुर्खेतका तीन आधारः व्यापार, पानी र पर्यटन

दिनेश गौतम
भौगोलिक अवस्थितिले त्यस क्षेत्रको विकास, त्यस क्षेत्रमा रहेको संस्कृति तथा त्यस क्षेत्रको चर्चा परिचर्चामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । अझँै भनिन्छ, भूगोलका स्वरूपहरू पहाड र नदीले त सभ्यता र भूगोल निर्माण गर्दछन् । नेपाल जस्ता प्राकृतिक रूपमा अत्यन्त सुन्दर देशहरूमा त झनै भौगोलिक स्थिति नै विकास र समृद्धिको आधार बन्न सक्दछ, दुई अर्थमा । एक समथर भौगोलिक क्षेत्रमा विकास निर्माणका कार्यहरू सम्पन्न गर्न सहज हुन्छ तथा न्यूनतम लागतमा पनि यो कार्य गर्न सकिन्छ । भौगोलिक रूपमा जटिल मानिने क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मानिन्छन् । त्यस्ता क्षेत्रमा पर्यटकको पहुँच पु¥याउनकै लागि भए पनि विकासका पूर्वाधारहरूको पहुँच पुगेको हुन पर्दछ । अन्यथा पर्यटकको आगमन नहुन सक्दछ । सुर्खेत र यसको सदरमुकाम वीरेन्द्रनगरको भविष्य तथा यसमा रहेका सम्भावनाहरूको बारेमा विभिन्न समयमा विभिन्न तह र तप्कामा छलफल चलाएका छन्, चलेका छन् । मुख्य त धेरै मानिसहरू पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् र राय प्रकट गर्दछन् । केहीले व्यापारिक क्षेत्रको विकासले पनि सुर्खेत समृद्धिको बाटोमा लाग्ने जिकिर गरिरहेका हुन्छन् भने यसको तुलनात्मक रूपमा कमले मात्रै जलस्रोतको उपयुक्त उपयोगले सुर्खेत समृद्धिको नमुना हुन सक्ने मत व्यक्त गर्दछ । पंक्तिकारको विचारमा सुर्खेतको समृद्धिको लागि यिनी नै महŒवपूर्ण छन् र अलि बढी महŒवपूर्ण छ व्यापारिक क्षेत्र । 
व्यापार भर्सेस पर्यटन
गहिरिएर हेर्ने हो भने सुर्खेत पर्यटकीय क्षेत्र भन्दा पनि व्यापारिक क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना बोकेको जिल्ला हो, अझैं विशेष गरेर वीरेन्द्रनगर । संविधानसभाबाट जारी संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनि यसको मुलभूत रूपरेखा यकिन गरिसक्दा प्रदेश नं. ६ भनेर कर्णाली अञ्चलका जिल्लाहरूसहित सम्पूर्ण सुदूरपश्चिमलाई पनि समावेश गराएर बनाएको प्रदेशमा आपत्तिको श्रृंखला सुरु सुर्खेतबाट भयो । यस प्रदेशको मुख्य केन्द्रको रूपमा रहेका सुर्खेतमा त्यसको प्रभाव गहिरो प¥यो । यहीबाट सुर्खेतलाई सुदूरपश्चिमका जिल्लाहरू समावेश भएको प्रदेशमा राखिन नहुने र मध्यपश्चिमका जिल्लाहरू समावेश गरी छुट्टै प्रदेश बनाइ त्यसको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसहित सुरु भएको आन्दोलनले सुर्खेतमा तीन जनाको ज्यान लियो भने कैयौं घाइते भए । आन्दोलनमा ऐक्यबद्धता जनाउने अधिकांशको तर्क सुर्खेतको पर्यटनप्रतिको चिन्ता नभएर यहाँको व्यापारिक स्थितिको बारेमा थियो । कर्णाली अञ्चलको प्रवेशद्वार तथा दैलेख र जाजरकोटको पनि प्रवेशद्वार भएको हुनाले सुर्खेत ती सबै क्षेत्रको मुख्य बजार होे । अधिकांश व्यापारिक क्रियाकलापहरू यहींबाट सञ्चालन हुने गर्दछन् । यथार्थमा भन्दा व्यापारिक क्रियाकलाप र क्षेत्रीय कार्यालयबाहेक सुर्खेतमा बाहिरका मानिसहरू आउने कुनै कारण छैनन् । केही मानिसहरू भने यहाँ रहेका काँक्रेविहार जस्ता केही चर्चित पर्यटकीय स्थलको अवलोकन लागि आउने गरेको बताइए पनि जे जति व्यक्तिहरू काँक्रेविहार जस्ता पर्यटकीय तथा धार्मिक स्थलहरूमा घुम्न जान्छन्, ती घुम्नकै लागि बाहिरबाट यहाँ आउँदैनन्, बरु अन्य प्रयोजनका लागि सुर्खेत आएको समयमा यस्ता स्थलहरूमा घुम्न जाने गरेको देखिन्छ । तर अझैं पनि हामी पर्यटकीय सम्भावनाहरू खोज्दैछौं । पर्यटनको विकास एक ठाउँमा होला तर व्यापारिक सम्भावनालाई भन्दा पर्यटकीय सम्भावनालाई अधिक महŒव दिनु सुर्खेतको सन्र्दभमा उपयुक्त होला जस्तो लाग्दैन । व्यापारिक रूपमा यस क्षेत्रका लगभग आठ जिल्लाको केन्द्रको रूपमा रहेको वीरेन्द्रनगरमा व्यापारिक क्रियाकलापलाई महŒव दिने तथा औद्योगिक विकासका निमिक्त पहल गर्न सकेमा अति उत्तम हुने थियो ।
व्यापारिक क्षेत्रलाई प्रोत्साहित गर्दै औद्योगिक क्षेत्रको स्थापना गर्ने, विकास गर्ने र नयाँनयाँ औद्योगिक उत्पादनहरूको उत्पादन थाल्ने हो भने त्यसले व्यापार क्षेत्रको विकासमा प्रत्यक्ष योगदान गर्न सक्दछ । कर्णाली क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको सुर्खेत कर्णाली अञ्चलका पाँच जिल्लाको लागि एक मुख्यबजार नै हो भन्दा हुन्छ । त्यस क्षेत्रका बासिन्दाहरूले यहाँबाट सामान खरिद गर्ने मात्र होइन, उनीहरूको क्षेत्रमा उत्पादन भएका सम्पूर्ण कच्चा पदार्थ तथा अन्तिम वस्तुलाई यहाँको बजारमा विकाउने तथा यहाँबाट बाहिर पठाउन पनि सुर्खेत सक्षम हुनपर्दछ, तबमात्र यहाँको व्यापारिक स्थितिको तीव्र र दिगो विकास तथा विस्तारको सम्भव रहन्छ । पर्यटनलाई पनि यस क्षेत्रको विकासको प्रमुख अस्त्रको रूपमा लिइ मुख्यतः दैलेख तथा कर्णाली अञ्चलको सिंजा उपत्यका तथा नेपालको सबैभन्दा ठूलो ताल रारातालको लागि गन्तव्य यात्राको सुरुवाती विन्दुको रूपमा सुर्खेतलाई विकास गर्न सकिन्छ । सुर्खेतको आफ्नै पर्यटनको सवाल त छँदैछ, त्यो भन्दा पनि अधिक महŒव पर्यटनका लागि निकै सम्भावना रहेको उत्तरी छिमेकी दैलेखमा प्रवेश गर्नै दुवै सडकहरू सुर्खेतबाट सुरु हुने भएकाले दैलेखको पर्यटनको ‘ब्याज खाने’ अवसर पनि सुर्खेतलाई छ । सुर्खेत आफैंमा धेरै केही नहोला तर कर्णाली अञ्चल तथा अन्य छिमेकी जिल्लाको लागि महŒवपूर्ण जिल्ला भएकै हुनाले यसको महŒव अझ विशेष हुन गएको छ । यहाँ बन्ने राज्यको प्रान्तीय राजधानीको रूपमा हेरिएको सुर्खेतलाई राजधानीको भूमिका निर्वाहका लागि पनि व्यापारिक कदमहरू अगाडि बढाउनुपर्छ । व्यापारिक रूपमा सम्पन्न हुन सक्ने र अन्य जिल्लाको पर्यटकीय गतिविधिमा मुख्य भूमिका निर्वाह गर्न सक्ने हो भने हामीले देखेको सुर्खेत र अब केही समयपछि हुने सुर्खेतमा त पक्कै फरक हुनेछ ।
भेरी र कर्णालीको पानीः सम्भावनाको खानी सुर्खेत जिल्लाको पश्चिमजति सबै कर्णाली नदीले घेरेको छ । सुर्खेतको पश्चिमतिरको सीमा निर्धारण लगभग कर्णालीले नै गरेको पश्चिममा । पूर्वमा भेरी, जहाँ विभिन्न समयमा यस नदीसँग सम्बन्धित रहेर विभिन्न महŒवाकांक्षी योजनाहरू बन्दै आएका छन्, यसले पनि सुर्खेतको समृद्धिको ढोका तय गर्न सक्दछ । कर्णाली नदी नेपालकै प्रमुख तीन नदी मध्ये एक, हिमाली क्षेत्रबाटै बगेर आउने नदी, नेपालमा सबैभन्दा धेरै जलविद्युत उत्पादन गर्न सकिने सम्भावनाभएको नदी तथा नेपालभित्र बग्ने नेपालको सबैभन्दा लामो नदी जस्ता तमाम विशेषताले भरिएको छ । अबको केही वर्षपछि कर्णाली नदी सुर्खेत जिल्लाको समृद्धिको मुख्य आधार हो भनेर कर्णाली नदीको नयाँ विशेषता पनि थपिएको हुनुपर्दछ । यसका साथ साथै भेरीको पानी बबई नदीमा खसालेर जलविद्युत निकाल्ने तथा बर्दिया र बाँकेमा धेरै जमिन सिँचाइ गर्ने योजनाका साथ सुरु भएको भेरी बबई डाइभर्सन योजना पनि सुर्खेतको समृद्धिको अर्काे प्रमुख आधार बन्नसक्छ । नदीमा भएको अथाह जलस्रोतको समुचित उपयोगबाट जिल्लालाई समृद्धिको रूपमा लैजान सकिन्छ र यसको लागि उपयुक्त पहलको आवश्यकता छ र यो तत्काल गरिनुपर्दछ । जलस्रोतको शक्तिले आमूल परिवर्तन ल्याउन सकिन्छ वा सक्नुपर्दछ र त्यसको उदाहरणको रूपमा सुर्खेत रहन सक्नेछ ।
प्रकाशित मितिः   १० फाल्गुन २०७२, सोमबार १३:४९