हजारौं सपना

मान्छेले आफ्नो जीवनको सुरुवातको विन्दु सम्झनु प¥यो भने केलाई सम्झन्छ होला ? कि सबैभन्दा खराब समय कि सबैभन्दा सुखद समय ?
होइन भने मान्छे कहाँबाट साच्चै बाँच्न सुरु ग¥यो भन्ने नै थाहा हुँदैन । उसको स्मृतिमा कि त सुखका कुराले बास बस्दछन् । कि त दुःखका कुराले राज गर्दछन् । अरु झिना–मसिना कुरा मान्छेको स्मरणमा अटाउँदैनन् । हराउँदै–हराउँदै जान्छन् । कहाँ जान्छन्, कता पुग्छन् । अत्तोपत्तो हुँदैन । न त कसैले खोज्छ । न त कसैलाई चासो छ । जे छ, उसैमा मान्छे रमाइदिन्छ ।

जुन मान्छेले अल्छि मान्दैनन् । जुनसुकै आइडियालाई पनि व्यवहारमा उतार्न हरसम्भव कोसिस गर्छन् । उनीहरूलाई सिर्जनशील र उद्यमशील व्यक्ति भनेर हामी पहिचान गर्दछौँ । उनीहरूकै सोच, सिर्जना र आविष्कारले मानव विकास र चेतनाको मुल्याङ्कन गर्न सहज बनाउँछ । यिनै मान्छेलाई दुनियाँ सफल मान्छे भनेर परिभाषित गर्दछ ।

हुन पनि औसत मान्छेहरू भन्दा अलि माथि उठेका मान्छेहरूलाई हेर्ने हो भने सिर्जनशील बन्नु, कडा मेहनत गर्नु र सपना देख्नु अनिवार्य सर्त हुन जान्छन् । छनौट हाम्रै हातमा हुन्छ । गर्ने कि नगर्ने ? बन्ने कि नबन्ने ?

पहिलो चरणः

मानिसको मस्तिष्कमा हरेक दिन आउने साठी हजारभन्दा बढी विचार के सँग सम्बन्धित छन् ? यसमा हामीले सोच्नुपर्छ । कि त ति विचार हाम्रो अव्यवस्थित दैनिकीका कारण हुन्छन् । कि त व्यवस्थित दैनिकीको उपज । विचार आउन कहिल्यै रोकिने छैनन् । तर सुन्दर पक्ष भनेको हामी जुन विषयमा बढी समय बिताउँछौँ । उक्त विषयसँग सम्बन्धित विचार हाम्रो मस्तिष्कमा धेरै आउँछन् । त्यसैले जहिले पनि व्यवस्थित दैनिकी भएका व्यक्तिहरू शान्त, शुन्दर जीवन बाँच्दछन् भने अव्यवस्थित दैनिकी भएका अशान्त र दुःखी भएर जीउँछन् ।

सबैले आफूले चाहे जस्तो जीवन बाँच्न कोसिस गरिरहेका हुन्छन् । जति कोशिस गर्दा पनि पूर्णता स्थायी रूप लिएर आउँदैन् । एकपटक दिमागमा रिलिज हुने डोपामिन हर्माेनले तत्क्षणका लागि आनन्द दिन्छ । तर, लामो समयसम्म उक्त हर्माेन रिलिज नहुने हुँदा मान्छे आफूले मजा मानेको, रूचिले गरेको कामदेखि पनि समयसमयमा दिक्क हुन्छ । एउटै काम बारबार गर्दा एकखालको दिक्दारी उत्पन्न हुन्छ । र, गरिरहेको काम छोड्न मन लाग्छ ।

त्यसरी छोड्न मन लाग्दा लाग्दै पनि कुनै कुनै काम हामी चाहेर पनि छोड्न सक्दैनौँ । त्यस्तो काममा ठूलो कारण लुकेको हुन्छ । उक्त कारणले हामी कुनैपनि हालतमा काम छोड्न सक्दैनौँ । अधिकांश मान्छेहरू अरूचिको कार्य गरेर पनि किन लामो समयसम्म त्यहीँ रहिरहन्छन् भने रूचिको कार्यबाट आम्दानी भएन भने अरुचिको कार्यमा काम गरि जीविकोपार्जन गर्नुपर्ने हुन्छ । जसकारण छोड्दै सकिदैन । यदि कुनै व्यक्तिले आफ्नो रूचिको कार्य गरेर आम्दानी अथवा जीविकोपार्जन गरिरहेको छ भने ऊ सन्तुलित मान्छे हो । ऊ लामो समय टिक्न सक्छ । वर्षाैपछि उसको प्रतिभा बिक्न सक्छ । यो सम्भावनाको खेती हो ।

दोस्रो चरणः

हामीले हजारौँ प्रयास गरेपनि समय हामी अनुकूल कहिल्यै हुनेछैन । हरेक व्यक्ति समय अनुसार नै चल्नुपर्छ । यो नै संसारको विधान हो । यही समयसँगै चलेर दुनियाँमा कतिपय व्यक्तिहरू आश्चर्यजनक कार्यसम्पादन गर्न भ्याउँछन् भने कतिपय मान्छेहरू रोइकराई गरी समय बर्बाद गरिरहेका हुन्छन् । रोईकराई गरेर जीवनमा केही पनि हासिल हुँदैन । केही हासिल गर्नको लागि सबैभन्दा पहिले आफैसँग महान युद्ध लड्नुपर्ने हुन्छ । त्यसपछि बाहिरी कुराहरूसँगको युद्ध सुरु हुन्छ । दुनियाँ जित्नुछ । सुरुवात आफैबाट गर्नुछ । यो जीवनको गहिराई हो ।

हाम्रो मस्तिष्कमा विचारका बिजहरू भर्खर अंकुरण हुन लागेका हुन्छन् । हामी दुनियाँ बदल्ने कोसिसमा लाग्छौँ । जीवनको गहिरो सत्य के हो भने जसले दुनियाँमा कुनै बदलाब ल्याए । महान कामहरू गरेँ । उनीहरू सबैभन्दा पहिले आफ्नो खोजमा निस्केका थिएँ । आफूलाई रूपान्तरण गरेका थिए । आफ्नो खोजबिना दुनियाँको खोज निरर्थक हुन्छ । गफ हुन्छ । तात्विक हुँदैन ।

तेस्रो चरणः

संसारमा जो जति मान्छेहरू सफल भए । उनीहरूको साझा रहस्यलाई समेट्ने हो भने धेरै कुराहरू मध्ये एउटा डायरी लेखन थियो । उनीहरू आफ्ना आईडिया, भिजन, भावना र सोचलाई कागजका पानामा उतार्थे । त्यसपछि याक्सन लिने वा नलिने, के गर्ने वा नगर्ने जस्ता निर्णयमा पुग्थे । सायद, लेखन कार्यले हामीलाई स्पष्ट हुनमा मद्दत गर्दछ । सहि निर्णय लिन सघाउँछ ।

मनको स्वभाव नै चञ्चलता हो । यसको काम नै चञ्चल हुनु हो । हामीले यही चञ्च्लतालाई कम गर्न वा स्थिर बन्न विभिन्न उपायहरूको अवलम्बन गर्नुपर्छ । नत्र भने मनको चञ्चलताले चिहानको स्थिरता सम्म पु¥याउँछ । जसरी आगोको काम जलाउनु हो । पानीको काम प्यास मेटाउनु हो । फूलको काम सुगन्ध छर्नु हो । हावाको बहावले शितलता दिनु हो । प्रकाशको काम उज्यालो बनाउनु हो । त्यसरी नै हरेक वस्तुका आफ्नै विम्वहरू, स्वभावहरू छन् । जुन प्राकृतिक छन् । यिनीहरूलाई हामी बदल्न सक्दैनौं । र, यस्तो गर्नु मुर्खता हुनजान्छ । बरु हामी व्यवस्थापन गर्न सक्छौँ । सन्तुलन गर्न कोसिस गर्न सक्छौँ । यिनीहरूको सही प्रयोग गरेर आफ्नो जीवनलाई स्वर्णिम बनाउँन सक्छौँ ।

अन्त्यमाः

हाम्रा हजारौँ सपना हुनै सक्दैनन् । हजारौँ त चाहाना हुन्छन् । भावना हुन्छन् । विचार हुन्छन् । रहर हुन्छन् । महत्वाकांक्षा हुन्छन् । हामी यस्तै केही कुराहरूलाई सपना नाम दिन्छौँ । जसको आयु छोटो हुन्छ । केही दिन, केही महिना । तर, सपना भनेको हामी जे बनेर जिन्दगी भर बाँच्न चाहान्छौँ । जे बन्न जिन्दगीभर कोशिस गरिरहन्छौँ । वा जिन्दगी नरहे पनि जे रहोस् भन्ने चाहान्छौँ । त्यसलाई भन्न सकिन्छ, ‘सपना’ । साचो सपना । जहाँ हामी हामी हुनुको महशुस गर्न पाउँछौँ । जहाँ जीवनमा कुनै उद्देश्य छैन, यही मेरो जीवन हो जस्तो लाग्छ । जहाँ हामी फरक–फरक होइन । एउटै हौँ भन्ने भावना फैलन्छ । आनन्द, शान्ति र प्रेम मात्र बाँकी रहन्छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७९, शनिबार ०५:०१