बालविवाह अन्त्यका लागि रणनीति बनाइँदै
सुर्खेत: बालविवाह अन्त्यका लागि कर्णालीमा रणनीतिक योजना निर्माण गर्न लागिएको छ । रणनीतिक योजना बनाउन शनिवार वीरेन्द्रनगरमा सरोकारवालाहरूको प्रारम्भिक गोष्ठी गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा आवाज संस्था र बालविवाह विरुद्ध साझा अभियान सञ्जालको समन्वयमा प्रारम्भिक छलफल कार्यक्रम गरिएको हो । बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति निर्माण गर्न ७९ वटै पालिकाबाट सुुझाव संकलन गरिने भएको छ । सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका शाखा अधिकृत अनिता ज्ञावलीले सबै स्थानीय तहहरूका सरोकारवालाबाट सुझाव संकलन गरेर रणनीतिक योजना बनाउने तयारी भइरहेको जनाइन् । ‘यो छलफलबाट केही प्रारम्भिक निचोड आउनेछ,’ उनले भनिन्, ‘त्यसलाई पालिकास्तरमा छलफलका लागि लैजाने तयारी पनि गरेका छौँ ।’ सरोकारवालाको सुुझावका आधारमा अघि बढ्ने योजनासहित छलफलहरू थालिएको उनको भनाइ छ ।
प्रदेशस्तरीय प्रारम्भिक छलफलमा कर्णालीमा बालविवाहको अवस्थाको यकिन तथ्याङ्क संकलन गर्नुपर्ने, बालबालिका तथा अभिभावकमा कानुुनी ज्ञान बढाउने र विद्यालय तहमा सचेतनाका कार्यक्रम लैजानुुपर्नेमा सरोकारवालाको जोड थियो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले व्यवहारिक रूपमा पनि यस्ता अभियानले सार्थकता पाउनुुपर्ने बताए । उनले सचेतनामूलक कार्यक्रम र सुुझाव संकलन पनि समुुदायस्तरमा केन्द्रित गरिनुपर्ने उल्लेख गरे । समुुदायस्तरबाट आएका सुुझावलाई समेटेर रणनीतिक योजना तयार गरे बढी प्रभावकारी हुने उनको दाबी छ । नागरिक समाजका प्रतिनिधि टिकाराम आचार्यले बालविवाह न्यूनीकरणमा जनचेतनाका कार्यक्रममा जोड दिन आवश्यक रहेको औल्याए । यस्ता सवालमा स्थानीय सरकारलाई बढी जिम्मेवार बनाउनुपर्ने भन्दै उनले नीति निर्माण र कार्यान्वयन गर्न स्थानीय सरकारको भूमिका महŒवपूर्ण रहने जनाए ।
बालविवाह अन्त्यका लागि प्रदेश सरकारले सरोकारवालाको क्षमता विकासमा सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । बालविवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टेकराज आचार्यले यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए । उनले भने, ‘सबैले दिएका सुझावका आधारमा रणनीतिक योजना बनाउँदा त्यसको प्रभावकारिता बढ्नेछ, प्रदेश सरकारले तयार पार्ने रणनीतिक योजनामा पनि सबै क्षेत्रको सुुझाव आवश्यक छ ।’ बालविवाहमा परेका बालवालिकाको संरक्षणका लागि पुनसर््थापना केन्द्र सञ्चालन गर्न आवश्यक देखिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जेसी शाहले बताए । प्रारम्भिक छलफलमा कर्णालीमा रहेको बालविवाहको स्थिती, त्यसको कारण, दीर्घकालीन असरलगायतका विषयमा सुझावहरू संकलन गरिएको थियो । छलफलका क्रममा राजनीतिक दलका नीति तथा कार्यक्रममा बालविवाह अन्त्यका विषय नसमेटिएको पाइएको सहभागिले बताएका थिए । पालिकास्तरमा बाल प्रोफाइल तयार पार्नुपर्ने र सामाजिक सञ्जालको दुुरूपयोग निरुसाहित गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रकाशित मितिः १८ मंसिर २०७९, आईतवार ०५:०४
साझा बिसौनी ।