क्यानमा नयाँ नेतृत्व
सुर्खेत: कम्प्युटर एसोसिएसन नेपाल ‐क्यान) महासंघ जिल्ला शाखा सुर्खेतको नयाँ नेतृत्व चयन भएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न चुनावी साधारण सभाले आगामी कार्यकालका लागि कार्यसमिति चयन गरेको हो । साधारण सभाले लोकेन्द्र गिरीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै, क्यान सुर्खेतको उपाध्यक्षमा धर्मराज भण्डारी चयन भएका छन् । आगामी कार्यसमितिको सचिवमा उपेन्द्र मल्ल, सहसचिवमा मानबहादुर खड्का र कोषाध्यक्षमा लक्ष्मी विक रहेका छन् । यस्तै, क्यान सुर्खेतको सदस्यहरूमा जीवन केशर खनाल, मेलिना मल्ल र दिव्यश्वर बराल चयन भएका छन् । नयाँ कार्यसमितिले कम्प्युटर व्यवसाय तथा सूचना प्रविधिमा आवद्धहरूको व्यावसायिक संरक्षण र हकहितका सवालमा जोड दिएर काम गर्ने नवनिर्वाचित उपाध्यक्ष भण्डारीले बताए ।
प्रकाशित मितिः १८ मंसिर २०७९, आईतवार ०५:०३
साझा बिसौनी ।