प्रदेश ६ का कुन जिल्लामा गाउँपालिका र नगरपालिका कति ?

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७ सय १९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत सरकारलाई सो प्रतिवदेन बुझाएका हुन्।

सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँपालिका गरी ७ सय १९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको सङ्ख्या छ हजार ५ सय ५३ रहेको छ । आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर ६ का दस  जिल्लामध्ये कुन जिल्लामा कति गाउँपालिका र कति नगरपालिका छन् हेर्नुहोस् :

प्रदेश ६ का कुन जिल्लामा कति ?
सुर्खेत 
नगरपालिका : ५, गाउँपालिका : ४

दैलेख 
नगरपालिका : ४, गाउँपालिका : ७

जाजरकोट 
नगरपालिका : ३, गाउँपालिका : ४

कालिकोट 
नगरपालिका : ३, गाउँपालिका : ६

रुकुम 
नगरपालिका : ३, गाउँपालिका : ६

सल्यान
नगरपालिका : ३, गाउँपालिका : ७

डोल्पा 
नगरपालिका : २, गाउँपालिका : ६

जुम्ला 
नगरपालिका : १, गाउँपालिका : ७

मुगु 
नगरपालिका : १, गाउँपालिका : ३

हुम्ला 
गाउँपालिका : ७

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १४:२७