मुगुमा एमालेका जितबहादुर मल्ल विजयी
मुगुबाट नेकपा(एमाले)का नेता जितबहादुर मल्ल कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १(क)बाट उनी सत्तारुढ गठबन्धनका उम्मेदवार गोपालबहादुर बमलाई एक हजार ७३ मतान्तरले पराजित गरेका हुन् ।
मल्लले ६ हजार ६ सय १८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका बमले पाँच हजार चार सय ४५ मत पाए ।
निर्वाचित मल्ल एमालेका मुगु जिल्ला अध्यक्ष हुन् भने पराजित बम २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
प्रकाशित मितिः १० मंसिर २०७९, शनिबार १८:४२
साझा बिसौनी ।