मुख्यमन्त्री शाही पुन: प्रदेशसभा सदस्य निर्वाचित

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मतान्तरले पराजित गर्दै उनी दोस्रो पटक प्रदेशसभा सदस्य बनेका हुन् ।

शाहीले सात हजार ५६ मत पाउँदा निकटतम् प्रतिस्पर्धी एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ मा पनि शाहीले सोही क्षेत्रबाट चुनाव जितेका थिए । त्यतिबेला कर्णालीमा प्रत्यक्षतर्फ चुनाव जित्ने नेपाली कांग्रेसका उनी एक्ला सदस्य थिए ।

लामा भने स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार १८:१८