हुम्लाबाट प्रतिनिधिसभामा माओवादीका छिरिङ डम्डुल लामा

हुम्लाबाट छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का लामा १४ हजार तीन सय ७१ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले दल रावलले नौ हजार पाँच सय १६ मत पाएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामा यसअघि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । सांसद नभएपनि उनी ६ महिनाका लागि गैरसांसद मन्त्री बनेका हुन् ।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार १८:११